सर्लाही ।। सत्तारुढ गठबन्धनले जारी गरेको विज्ञप्तीमा सर्लाही क्षेत्र न. २ को प्रतिनिधि सभामा महिन्द्र राय यादव अधिकारिक उम्मेदवार रहेको दाबी गरिएको छ ।
जारी विज्ञप्ति अनुसार गठबन्धनले यादवलाई आफ्नो उम्मेदवार बनाएपछि सत्ता गठबन्धन अन्तर्गत लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो लाई चुनावमा ठूलो धक्का लाग्ने पक्का भएको हो ।
गठबन्धनका चार दलतका प्रमुख प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका चुनाव चिन्ह हँसिया हथौडा लिएर उम्मेदवार बनेका महिन्द्र राय यादव साझा उम्मेदवार रहेको भनिएको हो ।
सत्ता गठनबन्धनबाट क्षेत्र न. २ (क) मा सुनिल साह र (ख) मा कौशल किशोर यादवलाई गठबन्धनको साझा उम्मेदवार भएको भनिएको हो ।लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो संग क्षेत्र न. २ (क) मा नेपाली काँग्रेसकै जंगिलाल राय र (ख) मा एमाले पार्टीमा प्रवेश गरी फेरी लोसपामै फर्किएका मेथुर चौधरी चुनावी मैदानमा छन ।
क्षेत्र न.२ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेका राजनारायण साह, क्षेत्र न. २(ख) मा जसपाका अशोक यादव र क्षेत्र न.२ (क) मा एमालेकै किशुनदेव यादव उम्मेदवारी दर्ता गराएका छन । यसअघि नेपाली काँग्रेस र लोसपा बिच भएको सहमतिमा यादव र महतो बिच मित्रवत प्रतिस्पर्धा हुने भनिएको थियो ।








प्रतिक्रिया