देशमा व्याप्त भ्रष्टाचार, अपराध र विकृति विसंगतीको जालो काट्न चुनाव चिन्ह कैंची रोजे `कृष्ण´

मधेशपाटी अनलाइन     २०७९ आश्विन २७, बिहीबार ०९:२५ बजे मा प्रकासित


मधेसपाटी डेस्क, जनकपुरधाम। देशमा व्याप्त भ्रष्टाचार, अपराध र विकृति विसंगतीको जालो काट्न कैंची चुनाव चिन्ह धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रनितिधिसभा सदस्यका स्वतन्त्र उम्मेदावर चर्चित हास्य कलाकार कृष्णकुमार महतोले रोजेका हुन

‘वर्तमान अवस्थामा समाजको भलो गर्ने नाउँमा राजनीतिक दलका नेताहरुले सर्वसधारण जनताको मत प्राप्त गरेर भ्रष्टाचार र अपराधमा चुुर्लम डुबेको छ । त्यसको जालो काट्न कैंची चुनाव चिन्ह रोजेको हुँ’, उम्मेदावर कृष्णले भने ।

उनले अब यो समाजको सोझासिधा जनतालाई ठगिनबाट जोगाउँन वास्विक विकासको मुलधारमा रहेर काम गर्ने बताए । ठग फटाहालाई तह लगाउन तथा समाज सुधारका काम गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको कृष्णाको भनाइ छ ।

 

प्रतिक्रिया





Top