मधेसपाटी डेस्क, जनकपुरधाम। विमान स्थलमा जनकपुरधाम लेख्न गौ संरक्षण मञ्च नेपालले अनुरोध गरेको छ ।
बुधबार संस्थाले पत्र जारी गरी जनकपुर विमान स्थल लेखिएको ठाउँमा ‘धाम’ जोड्न आग्रह गरेको छ । अहिले त्यहाँ ‘ जनकपुर एयरपोर्ट’ अंग्रेजी अक्षरमा लेखिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले ०७४ चैत १७ गते ‘धाम’ लेख्नुपर्ने नगर परिषद्बाट निर्णय गरिसकेको हुनाले सो निर्णय कार्यान्वयनका लागि जनकपुरधाम लेख्नुपर्ने पत्रमा जिकिर गरिएको छ । संस्था अध्यक्ष जगदीश महासेठको हस्ताक्षरसहित जारी भएको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरण र जनकपुर विमान स्थललाई पठाइएको छ । यो पत्र जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरिएको छ ।
प्रतिक्रिया