मधेसपाटी डेस्क, सबैला। नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै गाउँघर तथा शहर-बजारमा रौनक सुरु भएको छ । कतै फूलको माला बनाउन त कतै झिलिमिलि पार्न दीयो बनाउन कार्य सुरु भएको छ ।
धनुषा जिल्ला स्थित सबैलाको पोटरी स्क्वायरमा तिहारमा झिलिमिली पार्न परम्परागत माटोको दीयो(पाला)बनाउन थालिएको छ । कुम्हार (कुम्ह) हरुले माटोको पालाहरु बनाउने गर्छन् ।
पुर्ख्यौली पेशा अंगाल्दै आएका कुम्हहरुलाई यतिखेर भ्याइनभ्याइ छ । तिहारसँगै संस्कृतिका धेरै पक्षहरुसँग पालाको महत्व जोडिन्छ ।
तिहार अर्थात दीपावलीलाई उज्यालोको पर्व लिइन्छ । दीपावलीका दिन दीप प्रज्ज्वलन गरेर घर तथा आँगन उज्यालो पारिन्छ ।
अहिले विद्युतीय दीप पनि आएका छन् । यद्यपी, जनकपुर लगायत शहर बजार तथा गाउँघरका थुप्रै बस्तीमा भने दीप प्रज्ज्वन गर्न माटोको पाला अहिले पनि प्रचलनमा रहेको छ ।
त्यस्तै छर्ठ पर्व पनि नजिकिँदै गएको छ। दिवालीको छ दिन पछि यो पर्वको रमझमको रौंनक हेर्न मिल्छ, यी चार्डबाडमा माटाका विभिन्न परिकार कुम्हहरु द्वारा निर्माण गरिएको भाडाकुडा यति खेर शहर तथा गाउँघरका बजारहरु घुइँचो लागेका छन्। तराई-मधेसका दक्षिणी-पुर्वीमा पर्ने धनुषाधाम, सबैला, रहुनाथ्पुर, भठिहन र यदुकुहा बजारमा यतिखेर भारीमात्रामा किनमेल गर्नेको घुइँचो स्वात देखिन्छ।
प्रतिक्रिया