एमालेसँग चुनावी गठबन्धन गरेपछि जसपाका चार मन्त्रीलाई देउवाले हटायो

मधेशपाटी अनलाइन     २०७९ आश्विन २७, बिहीबार २१:१२ बजे मा प्रकासित



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्।

सत्ता गठबन्धनमा रहेको जसपाले २२ असोजमा एमालेसँग चुनावी तालमेलको सहमति गरेको थियो । तर मन्त्रीहरूले भने राजीनामा दिएका थिएनन् ।

देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव बर्खास्त गरेका छन् । उनीहरुको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हालेका छन् ।

प्रतिक्रिया





Top