धनुषा क्षेत्र नं १ मा जसपा र एमालेका उम्मेदवार मतदाता रिझाउन घरदैलोमा

मधेशपाटी अनलाइन     २०७९ आश्विन २७, बिहीबार २२:०७ बजे मा प्रकासित



जनकपुरधाम । मधेश प्रदेशको धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले र जसपाको संयुक्त उमेदवारहरुले घरदैलो कार्यक्रम सुरु गरेको छ ।

आगामी मँसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनको लागि उम्मेदवारी दिएका जसपाका प्रतिनीधिसभा सदस्यका उम्मेदवार दिपक कार्की र क्षेत्र नं. १ (ख) उम्मेदवार रामचन्द्र मंडलले घरदैलो अभियान सुरु गरेका छन ।

मत माग्दै घरदैलो गरेका सो क्रममा आज पहिलो दिन धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया–उतिमपुरबाट घरदैलो कार्यक्रम शुरु गरेका छन् ।

कार्यकर्ताहरु संग भेटघाट गर्दै आशीर्वाद समेत लिदै घरदैलो शुरु गरिएको प्रदेशसभा सदस्यका उम्मेदवार मण्डलले बताए।

घरदैलो कार्यक्रममा जसपा तर्फका साँझा उम्मेदवार दिपक कार्की प्रदेश (ख) का उम्मेदवार रामचन्द्र मण्डल संयुक्त रुपमा भोट माग्न सुरु गरेका छन् ।

संयुक्त उमेदवारलाई आफ्नो मत दिइ मत माग्दै घरदैलो गरेका हुन् ।

प्रतिक्रिया





Top