शम्भु पण्डित ,जनकपुरधाम । धनुषाकाे सबैला नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामदेव सहनी र वडा सदस्य लगायतका गाउका बुद्धिजीवी आफै झाडु र बेल्चा लिएर सडक नाला सरसफाइमा होमिएका छन् ।
गाउँ र नाला सरसफाइ राखिएको नगरपालिका वडा नम्वर ७ मा रहेको चाेरिया मट्टहीमा रहेको परिक्रमा सडक सरसफाइ सुरु गरेका हुन् । स्थानीय बासिन्दालाई सफाईमा जुट्न आग्रह गर्दै रामदेव सहनी आफनाे गाउ आफै बनाउ सफाइ गर्न गाउँलगायत परिक्रमा क्षेत्रमा सरसफाई गरेका थिए ।
वडा अध्यक्ष सहनी सडक नाला घर वरिपरि सफाइ गरौँ, बाटोमा सडकमा जथाभावी फोहोर फाल्न बन्द गरौ भन्दै सफाइमा जुटेपछि सबैला नगरपालिकाका ७ नम्बरका जनप्रतिनिधी तथा स्थानीय बासिन्दा पनि सहभागिता रहेको थियो ।
गाउँका सरसफाई गर्न ठप्प गरेको बेला वडा अध्यक्षले सडक तथा नालामा सफाइपछि उनले सडक आसपासका क्षेत्रमा जथाभावी फोहोर फालेमा कारबाही गर्ने निर्देशन दिएका छन् ।
हिन्दुहरुको महानपर्व दिपावलि छठ पर्वलाई समेत मध्यनगर गर्दै उनले ठप्प रहेको सरसफाईका कारण दुर्गन्धीत बन्दै गरेको गाउलाई सफा बनाउँने अभियान अन्तर्गत सरसफाई कार्यलाई आफ्नै अगुवाईमा निरन्तरता दिएका हुन् ।
साथै वडा अध्यक्ष सहनीले नगरपालिका ७ मा रहेका गाउँलाई पनि छिट्टै व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।
सरसफाई कार्यक्रममा सबैला नगरपालिका वडा नम्बर ७ मा वडाध्यक्ष रामदेव सहनी र वडा सदस्य गाउका बुद्धिजीवी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया