बदला! कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हटाइयो

न्यूज डेस्क     २०७९ आश्विन २८, शुक्रबार १४:२६ बजे मा प्रकासित


मधेसपाटी डेस्क, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई मन्त्रिमण्डलबाट हटाएका छन् ।


संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले कांग्रेसबाट सरकारमा मन्त्री रहेका तीन जनालाई हटाएको नेता मनिष सुमनले जानकारी दिए ।

कांग्रेसबाट मन्त्री हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मा रहेका छन् । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई भने हालसम्म राजीनामा दिन भनिएको छैन । उनीहरु आफै राजीनामा दिएर गए भने जसपाले नरोक्ने स्रोतको दाबी छ ।

मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका राज्यमन्त्रीसहित दुई र नेकपा एकीकृत समाजवादीका राज्यमन्त्रीसहित दुई मन्त्री सहभागी छन् । माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कर्ण र नेकपा एसको तर्फबाट उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादव छन् ।

प्रतिक्रिया





Top