जनकपुरधाम । सिरहाबाट अपहरणमा परेका एक युवकको शव विराटनगरको एक होटलमा फेला परेको छ ।
विराटनगर बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा शुक्रबार दिउँसो युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शन्तिराज कोइरालाले बताए ।
सिरहाका १८ वर्षीय युवक अंशु सदाको शव फेला परेको हो । प्रहरी उपरीक्षक कोइरालाले असोज २६ गते होटलमा इन्ट्री भएको देखिएको र सिरहाबाट अपहरण गरेको कुरा आएको बताए ।
प्रहरीले युवकको हत्यामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धका लागि प्रहरी घटनास्थलमै छ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ बताए ।
प्रतिक्रिया