सबैला: सतोषर समाज कल्याण समिति दोहा कतारद्वारा आर्थिक सहयोग

मधेशपाटी अनलाइन     २०७९ आश्विन २९, शनिबार १४:१५ बजे मा प्रकासित


महेश कु.राय
सबैला(धनुषा)। पेरालाइसिस पीडितलाई धनुषाको सबैला नगरपालिकामा सतोषर समाज कल्याण समिति दोहा-कतारद्वारा आर्थिक सहयोग गरेका छन्। शुक्रबार  नगरपालिकाको वार्ड-९ कुसमाहा सतोषरमा वाड अध्यक्ष मनिष रायको अध्यक्षतामा स्थानीय राम तपेश्वर रबिदासलाई आर्थिक सहयोग गरेका छन ।

पीडित दासको केहि दिन अघि उक्त रोगले सताएपछि, घरको आर्थिक अवस्था अती नै कमजोर भएकोले उक्त गाउँ समाजका बुद्धिजिविहरु संग उपचार गराइदिने अनुरोध गरेका थिए।

वैदेशिक रोजगारको सिलसिलामा गएका विभिन्न देशबिदेशमा रहेका समाजसेवीहरुले मिलेर ३६,२८२ रुपैयाँ सहयोग गरेका थिए। जन्ताको जिउ-मर्नुको समस्या हेर्न रोजगारीमा गएका युवाहरुले आफ्नो तलबबाट थोरै-थोरै पैसा काटेर तथा आफ्नो पेट काटेर जम्मा गरेको पैसा यस्तै दीन:दुखीलाई समाजिक अभियन्ताहरुले सहयोग गर्दै आइरहेका छन्।

प्रतिक्रिया





Top