धनुषा: सबैलाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

मधेशपाटी अनलाइन     २०७९ आश्विन ३०, आईतवार १४:१६ बजे मा प्रकासित



मधेसपाटी डेस्क, सबैला(धनुषा)।  धनुषाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको सबैला नगरपालिका–१२ नहर चोकस्थित महिनाथ्पुर बिरेन्द्रबजार सडकबाट सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय रामसागर ठाकुर पक्राउ परेका छन् ।

शनिबार राति प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोलीले प्र २–०१–००२३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राम सागरको साथमा उक्त पेस्तोल भेटिएको थियो ।

प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोलासहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको धनुषा प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया





Top