मानव अधिकारको अवस्था विश्लेषण तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न ।।

मधेशपाटी अनलाइन     २०७९ आश्विन ३१, सोमबार ००:१४ बजे मा प्रकासित


राधेश्या कुशवाहा, सर्लाही ।। सर्लाहीको सदरमुकाम स्थित मलंगवा स्थित बाल मन्दिरको सभा हलमा मानव अधिकारको अवस्थाको विश्लेषण तथा तिहार, छठ र बकरीदको शूभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकार रक्षक संजाल, सर्लाहीको आयोजना तथा ओरक नेपाल, सर्लाहीको आर्थिक सहयोगमा जिससका उपसभापति जितेन्द्र कुशवाहाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मानवअधिकारका अवस्था बारे छलफल हुनुका साथै मानव अधिकार संरक्षणको सवालमा समेत विभिन्न विचारविमर्श गरिएको थियो ।

जिल्लामा विभिन्न अधिकार क्षेत्रमा क्रियाशिल साथीहरुलाई मिलाएर सर्लाहीमा मानव अधिकार रक्षक संजाल गठन गरिएको मानव अधिकार रक्षक संजाल, सर्लाहीका संयोजक मुकेश मिश्रले बताए । स्रोत साधान र बजेटको अभावको बावजुद पनि यो संजालले स्थापना कालदेखि नै मानवअधिकारको संरक्षण, सम्बद्र्वन तथा प्रबद्र्वनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । सर्लाहीमा २० वटा पालिका भएपनि मानवअधिकार कुनै पनि तहको प्राथमिकता नपरेको गुनासो गरे । विकास निर्माणमा करोडौं बजेट विनियोजन गरेपनि स्थानिय सरकारका प्रमुखहरु मानवअधिकारको सवालमा बजेटको अभाव रहेको बताउदै आएको आरोप समेत लगाए ।

कार्यकममा बोल्दै जिससका उपसभापति जितेन्द्र कुशवाहा ले सर्लाहीका २० वटै पालिका प्रमुख तथा प्रमुखहरुले मानव अधिकारको विषयमा चासो नलिएको गुनासो गरे ।स्थानिय सरकारका जनप्रनिधिहरु मानवअधिकार, समाजिक न्याय, शिक्षा तथा स्वास्थ लगायत मानव विकास मुलभुत विकासमा ध्यान दिएको छैन । उनिहरुले कमिशनका लागि सडक, भवन तथा नाला निर्माण, गिट्ट्री, बालुवा तथा ग्राभेल निर्माणमा बजेट खन्याएको आरोप समेत लगाए ।

अहिले सेवा लिने जिल्लाका हरेक सरकारी तथा गैरसरकारी कार्यलय, कलकारखाना, ईटाभट्टा, बस, बोर्डर लगायत हरेक क्षेत्रमा आम नागरिकहरुको मानवअधिकारको हनन भईरहेका छन । उहाँले भने । स्थानिय स्तरमा शिक्षा तथा चेतनका कमीका कारण पनि हत्या, हिंसा तथा मानव अधिकारको हननको घटनामा व्यापक बृद्वि भएको छ ।

चुनावको समयमा समेत राजनितिक दलहरु बालबालिकाको प्रयोग गरेर मानव अधिकारको उल्लंघन गरेको छ । उहाँले चुनावमा जहाँतही दारु, मास र रक्सी विगविगी रहेका कारण यस्ता कार्यहरु बन्द गर्नुपर्नेमा जोडदिए । मावन अधिकारका कार्यक्रममा सहयोग तथा समन्वय गर्न आनाकानी गर्ने पालिका बारे मलाई जानकारी गराए पहल गर्ने र मानव अधिकार रक्षक संजालका कार्यलयका लागि जिससले एउटा कोठा समेत उपलबध गराउने उहाँले प्रतिबद्वतता व्यक्त गरे ।

कार्यक्रममा सहभागिहरुद्वारा सर्लाहीमा मानव अधिकार जिवन्त राख्न मानवअधिकारकर्मी मुकेश मिश्रले खेलेको भूमिकाको समेत चर्चा गरिएको थियो । जिल्लामा सर्वसाधारणहरु मानव अधिकारको बारेमा अनविज्ञ रहेको बेलादेखि नै मानवअधिकारकर्मी मिश्रले मानव अधिकार क्षेत्रमा क्रियाशिल रुपमा काम गर्दै आएको छ । मानवअधिकार संरक्षण, सम्बद्र्वन तथा प्रबद्र्वनमा उहाँले खेल्नु्भएका भूमिकै कारण आज जिल्ला गाउँ, घर टोलमा समेत मानव अधिकारको चर्चा परिचर्चा हुन थालेको कार्यक्रममा सहभागिहरुको कथन थियो ।

प्रमुख अतिथि कुशवाहले मैनबत्ति बालेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए, भने संजालका संयोजक मुकेश मिश्रले दोसल्ला, फूलको माला तथा अबिर लगाए प्रमुख अतिथिलाई सम्मान समेत गरेका थिए । कार्यक्रममा सहभागिहरुले एकअर्काहरुलाई अबिर लगाएर शूभकामना अदानप्रदान गरेका थिए ।

मानवअधिकार रक्षक संजाल, सर्लाहीका सचिव संतोष कर्णले संचालन गरेका कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुशवाहा, मानव अधिकार रक्षक, संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र, ओरेक नेपाल, सर्लाहीका संयोजक देव कुमारी महरा,

नागरिक समता विकासका संयोजक तथा संजालका उपाअध्यक्ष दिवानी घिमिरे, महिला मानव अधिकार रक्षक संजालका संयोजक रम्भा झा, पत्रकार तथा संजालका सदस्य राधेश्याम कुशवाहा, मनोपरामर्शकर्ता ममता साह, जोइन आवर हैण्डका संयोजक राजेश पंडित लगायत मानवअधिकार क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको हो ।

 

प्रतिक्रिया





Top