भतिजलाई गोली हानेर ‘आत्महत्या’

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २, बुधबार ०४:३२ बजे मा प्रकासित



झापामा एक जनाले भतिजलाई गोली हानेर ‘आत्महत्या’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–८ का ३५ वर्षका जीवन शाहको मृत्यु भएको हो ।

 

यसअघि शाहले आफ्नै भतिज १५ वर्षीय हेमराजलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए । भतिजलाई गोली हानिएभन्दा ५० पिटर उत्तरमा रहेको गेउरिया खोला किनारमा उनलाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भतिजको उपचार भइरहेको छ । यसबारे इलाका प्रहरी कार्यालय दमकले विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया





Top