सर्लाहीको बागमतीमा दिनदहाडै सहकारीमा कार्यरत कर्मचारीमाथि गोलि प्रहार

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २, बुधबार २१:४४ बजे मा प्रकासित



राधेश्याम कुशवाहा, सर्लाही । सर्लाहीमा फेरी सुरक्षाकर्मीलाई चुनौती दिदै अर्काे वित्तिय संस्थामा हतियार देखाएर लुटपाटको प्रयास गरिएको छ । बागमती नगरपालिका वार्ड न. १ मिलन चौकमा संचालित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्रमा हतियार देखाएर लुटपाटको प्रयास गरिएको हो ।
आज बिहान १० बजेको समयमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भएर आएका तीन जनाको समूहले कार्यालय भित्रै पसेर नगद लुटपाट गर्न खोज्दा सेवा केन्द्रमा कार्यरत कर्मचारीले प्रतिकार गर्दा उहाँमाथि लुटेराले ४ वटा गोलि प्रहार गरेका छ ।
अज्ञात समूहको गोलि प्रहारबाट हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको बागमती सेवा केन्द्रमा कार्यरत ३० बर्षिय साजन कार्की गम्भीर घाईते भएको प्रहरीले जनाएको हो ।
प्रतिकार गर्ने बितिकै लुटेरा समूहले आफूमाथि ४ गोली प्रहार गरेको घाईते कार्कीले बताए । गोली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाईकलमा चढेर दक्षिणतर्फ भागेका छन् । लुटेरा समूहले रकम लुटेर लगे कि लगेनन् भन्ने कुरा एकिन भईनसकेको सगुनका अध्यक्ष केशव ढकालले जानकारी दिए ।

तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेका घाईते कार्कीको हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि एम्बुलेन्स मार्फत काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता विजय कुमार यादवले जानकारी दिए ।

कार्यालय खुले लगत्तै कार्कीमाथि आक्रमण भएको थियो । लुटपाटमा संलग्न व्यक्तिले नगद पैसा लुटने उद्देश्यले गोली मारेको भएपनि कार्कीको साथमा रहेको पैसा पहिले नै कार्यालयमा राखिसकेकाले लुट्न नपाएको बताइएको छ ।
लुटपाटमा संलग्न व्यक्तिले कार्कीको साथमा रहेको कालो झोला बोकेर भागेका छन् । गोली प्रहार गर्नेहरूको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
हेलिकप्टर मगाईएपनि कुनै खाली नभएकाले एम्बुलेन्समै पठाईएको हो । लालबन्दी–२ जुटपानी निवासी कार्कीलाई ४ गोली लागेपनि शरिरको संवेदनशिल भागमा नपरेकाले धेरै खतरा नदेखिएको र उनी बोलिरहेको सरस्वती अस्पतालका सञ्चालक डा. राजिब साहले जानकारी दिए ।

राजमार्ग छेउमा नै दिनदहाडै सहकारी कर्मचारीमाथि लुटपाट गर्ने नियतले ४ वटा गोलि प्रहार भएपछि स्थानिय त्रसित भएका छन ।
गएको भदौ १० गते शुक्रवारका दिन बिहान १०ः१५ को समयमा गोडैता नगरपालिका वार्ड न. ८ स्थित सिसौटिया रोडमा लालिगुराँस बहुउदेश्यीय कृषि सहकारी संस्थाले संचालन गरेको सिटी एक्सप्रेसबाट २ वटा मोटरसाईकलमा सावर भएर आाएका ४ जना अज्ञात व्यक्तिले हतियार देखाएर ल्यापटप, मोबाईल सहित ९ लाख ५० हजार बराबरको नगद लुटपाट गरेका थिए ।

प्रतिक्रिया





Top