अमात जाती समुह दोहा-कतारद्वारा अति बिपन्न परिवारलाई सहयोग

मधेशपाटी अनलाइन     २०७९ कार्तिक ५, शनिबार १३:४७ बजे मा प्रकासित



 

महेश कु.राय
मधेसपाटी डेस्क, जनकपुरधाम। वैदेशिक रोजगारीको सिलसिलामा गएका अमात जाती समुह दोहा कतार द्वारा धनुषामा अति विपन्न परिवारलाई आर्थिक सहयोग गरिएका छन्।

अमात समाज कल्याण समिति दोहा कतार नामक समुहले आर्थिक नगद रु. २०,००५/= सहयोग गरेका छन्।

जिल्लाको हंसपुर नगरपालिका -६ सोनगामा टोलमा एक पीडित परिवारको घरमा कमाउ-खटाउ गर्ने कोहि नभएको र जीवन यापन गर्न अति नै अप्ठ्यारो भएको खबर अमात जाती समुहलाई ध्यानाकर्षण भएको थियोे।

कार्तिक २ गते बुधबारको दिन उक्त जातीय समुह स्वदेशमा रहेका समाजसेवी अगुवा-युवाहरू मनिष राय, रबिन्द्र उदासी माली , उन्देश्वर राय,भोगेन्द्र राय,पर्शुराम राय, रबिन्द्र राय,सत्रुधन राय, सन्त राय,राजकिशोर राय लगायत उक्त गाउँ स्थानीयबासीहरुको उपस्थितिमा उक्त रकम सहयोग गरेका थिए।

अमात जाती समुहले अति विपन्न लगायत दीन:दुखीहरुलाई सहयोग गर्दै आइरहेका छन्।
नेपाल अधिराज्य भरका सम्पूर्ण अमात जातीयहरुलाई उपाध्यक्ष भरोसी रायले आग्रह गर्दै, सबै एक भएर अघि बढौ। मानवमा जन्म लिएको छौ भन्ने मानवता देखाउ, सुरुवात हामी आफैं बाट गरौं । आफ्नो हक-अधिकारको लागि एक संगठन बनाएर संबंधित निकाए सम्म पुगौ। गरिव,असहायलाई सबै जना मिलिजुली सहयोग गरौं भन्ने नारा लगाउन उपाध्यक्ष राय अमातले जानकारी गराए।

प्रतिक्रिया





Top