आजदेखि तिहारको बिदा सुरु…

मधेशपाटी अनलाइन     २०७९ कार्तिक ७, सोमबार ११:१७ बजे मा प्रकासित



मधेसपाटी डेस्क, जनकपुरधाम। आजदेखि तिहारको बिदा सुरु भएको छ । आजदेखि भाइटीकाको दिन अर्थात् आउँदो बिहीवारसम्म तिहारको बिदा छ ।

तर, धेरैजसो सरकारी कार्यालय भने आउँदो १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ । भाइटीकाको भोलिपल्ट शुक्रवार परेको र त्यसको पर्सीपल्ट छठ पर्व परेकाले धेरैजसो कर्मचारीहरु फर्किने सम्भावना कम छ ।

१३ गते आइतवार परेको छठ पर्वमा पनि सार्वजनिक बिदा दिइएको छ । त्यसैले धेरैजसो सरकारी कार्यालय १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ । काठमाण्डौ उपत्यकाका विद्यालय पनि १४ गतेदेखि नै खुल्दै छन् ।

 

प्रतिक्रिया





Top