सबैला: छठको तयारीसँगै केराको दाम ग्रामीण भेग-तिर महँगियो

मधेशपाटी अनलाइन     २०७९ कार्तिक ८, मंगलवार ०९:०५ बजे मा प्रकासित


मधेसपाटी डेस्क, सबैला(धनुषा)।  मिथिलाञ्चलको महान पर्व छठको तयारी सुरु भएसँगै केराको मूल्यमा गत सालको तुलनामा वृद्धि भएको छ । मधेस प्रदेशमा केराको खेतीलाई खासै महत्व नदिँदा छिमेकी मुलुक भारतबाट निर्यात गर्नुपर्ने बाध्यताले केराको मूल्य अकासिएको हो।
छठ पर्वमा अघ्र्यका रूपमा ठेकुवा, भुसुवा रहे पनि फलफूलको रूपमा केरालाई नै मुख्य मानिन्छ । त्यसैले छठमा केराको माग उच्च हुने गरेको छ।

केराको माग बढी हुने गरेको र स्थानीयस्तरमा थोरै उत्पादन भएपछि भारतबाट केरा मगाउनु परेको केरा व्यापारीहरु बताउछन।

गत सालको तुलनामा केरा प्रती घरी १०० रुपैयाँले वृद्धि भएको सबैला नगरपालिका वार्ड नं.९ भठिहनका स्थानीय व्यापारी दिनकर महतोले मधेसपाटीलाई बताए। व्यापारी महतोको अनुसार अहिले चार सय देखि ६००-७०० सम्म प्रती घरी र बिस्तारै-बिस्तारै यसरी नै घटबढ हुने छ। अन्तमा त कुनै साल सस्तो नै हुन्छन् त कुनै साल महंगो नै हुन्छन् व्यापारी महतो बताउँछन।
केरा व्यापारी महतो केहि सालदेखि केरा व्यापारी गर्दै आइरहेका छन्। यसपाली केरा सुनौलीबाट ल्याएको छु व्यापारीले भने।
भठिहनमा विभिन्न जातका केराहरु मगाएर बेचबिखन गर्ने गर्छन्। महतोले एक ट्रक केरा मगाएको छु उनले भने। चौकमा प्रत्येक साल १०-१२ ट्रक केरा उत्रने गर्छन्।
छठ पर्वको समय पनि नजिकिदै जाँदा महँगिने भएको छ। महतोका अनुसार यस वर्ष छठ पर्व नजिक हुँदा केराको उत्पादन अगावै हुँदा मूल्यवृद्धि भएको हो ।

नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केरा खेती गरिँदै आएको छ।

प्रतिक्रिया





Top