विजयनगरका स्थानीय तह पदाधिकारी र कर्मचारी खुलेआम राजनितिक कार्यक्रममा

मधेशपाटी अनलाइन     २०७९ कार्तिक ९, बुधबार ११:५४ बजे मा प्रकासित



 

 

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु क्षेत्र न ३ को एक कार्यक्रममा बिजयनगर गाउपालिका का कर्मचारी र पालिकाका निर्वाचित प्रतिनिधि सहभागी भएको पाइएको छ ।

 

बिजयनगर गाउँ पालिकाका सुकुम्बासी आयोग अन्तरगत शाखामा काम गर्ने सन्तोष तिवारी लगायत गाउंपालिका अध्यक्ष गाेपाल थापा, वडाध्यक्षसमेत निर्वाचन आयाेगले जारी गरकाे निर्वाचन आचारसंहिता विपरित एमालेको चुनाव प्रचारमा होमिएका छन ।

 

 

स्थानीय तह कार्यपालिका पदाधिकारी र सदस्यहरुले निर्वाचन आचारसंहिता विपरित कार्य गरेकाे पाइएमा निर्वाचन आयाेगकाे ऐन २०७३ काे दफा २३ बामाेजिम निजलाई कार्यवाहि गर्न स्पष्टीकरण साेध्न तत्काल जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृतलाइ निर्देशन दिने प्रवधान रहेकाे छ तर एमाले निकट युवा संघले आयोजना गरेको उक्त कार्यक्रम सहभागी भएको फोटो सार्वजनिक भएपछि पनि निर्वाचन कार्यालयकाे कुनै प्रतिक्रिया नआएकाेले आयाेग कै काम प्रति प्रश्न चिन्ह खडा भएको छ ।

 

निर्वाचन आचारसंहितामा बिपरित कार्य गरेको भन्दै स्थानीयले बिरोध गरेका छन । कर्मचारी प्रयोग गरेर निर्वाचन आचारसंहिता विपरीत पार्टीगत प्रचारप्रसार गर्ने छुट कसैलाइ नभएको भन्दै कार्वाहीको माग गरिएको छ । सभार कपिलवस्तु टाइम्स डटकम l

प्रतिक्रिया





Top