महोत्तरी: हिन्दू र मुस्लिम समुदायबीच झडप, मोटो संख्यामा सुरक्षाकर्मी  परिचालन…

मधेशपाटी अनलाइन     २०७९ कार्तिक १०, बिहीबार १७:५८ बजे मा प्रकासित


मधेसपाटी डेस्क, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका- ८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन् । प्रहरीले लाठीचार्ज पनि गरेका छन् ।

स्थानीयका अनुसार झडपका क्रममा केहि स्थानीय घाइते भएका छन् भने स्थानीयको ढुंगामुढाबाट केहि प्रहरी पनि घाइते भएका छन् ।

हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको थियो । यात्रा मुस्लिम बस्तीमा पुगेपछि घरको छतबाट ढुंगामुढा गरियो । त्यसपछि झडप सुरु भएको बुझिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया





Top