सिरहामा ट्याक्टर अनियन्त्रित भई पल्टियो, दुई जनाको घटनास्थलमै मृत्यु

मधेशपाटी अनलाइन     २०७९ कार्तिक १०, बिहीबार १८:२७ बजे मा प्रकासित



मधेसपाटी डेस्क, सिरहा। सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा  दुर्घटना हुँदा चालक कल्याणपुर नपा ४ का ३० को छेदुवा गोइत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षिय दुखिया साहको घटनास्थमै मृत्यु भएको हो ।

छठ पर्वको लागि कल्याणपुर बजारमा विक्रिको लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको अवस्थमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यामिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको नम्वरप्लेट मेटिएकाले देखिने अवस्थामा छैन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी भईरहेको छ ।

प्रतिक्रिया





Top