सबैला: छठ पर्वको तयारी तीव्र….

मधेशपाटी अनलाइन     २०७९ कार्तिक ११, शुक्रबार २१:३५ बजे मा प्रकासित



महेश कु.राय
मधेसपाटी डेस्क ,सबैला(धनुषा) :छठ पर्वको तयारी तराई-मधेस लगायत देशभर नै तीव्र पारिएको छ। दियावती अर्थात् लक्ष्मी पुजा सकिए-पछि यतिखेर छर्ठ घाट बनाउन र पुजा सामग्री जुटाउन लागेका छन्। छठ पूजा व्यवस्थापन समितिले धनुषा जिल्ला स्थित सबैला नगरपालिकामा विभिन्न पवित्र नहर, नदी तथा तलाउका घाटहरूलाई आकर्षक रूपमा सजाउन सुरु गरेको हो।

आज पहिलो दिन नहाय खाएसँगै सुरु हुने छठ पूजामा विशेषगरी उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ। पर्वलाई विगत वर्षभन्दा अझ उत्कृष्ठ, व्यवस्थित र भव्य बनाउन समिति गठन गरी तयारी तीव्र पारेको हो।

कात्तिक १३ गते नहर-किनारको दुबै तर्फमा पर्वका रूपमा मनाइने छठ पूजामा २२० मिटर घाट व्यवस्थापन गरिएको छठ पूजा व्यवस्थापन समितिका युवा उद्गार कापर बताउछन।

त्यसका लागि नदी किनारामा सरसफाइ, स्टल, मुख्य प्रवेशद्वार लगायतका कामलाई तीव्र बनाइरहेको अर्को युवा रबिन कु.कापर बताए।

छर्ठ पर्वको उपलक्ष्यमा प्रत्येक साल आयोजना गर्दै आइरहेको स्थानीय समाजसेवी, शिव शक्ति युवा क्लब भठिहन, भठिहन समाज कल्याण सेवा समिति, विद्यार्थी, राजनीतिक कर्मी, कर्मचारी लगायतका सहभागितामा आसपासका क्षेत्र र नहर, तलाउ क्षेत्रमा बृहत सरसफाइ संगै जम्मा भएका फोहर सङ्कलन गरी व्यवस्थापन गरिने गरिन्छन।गत सालको तस्बिर...

२२० मिटर घाटमा २४५ पूजा गर्न सकिने गरी व्यवस्थापन मिलाइएको उनले बताए। यसका साथै अग्रभागमा रहेको मुख्य प्रवेशद्वार आकर्षक बनाउन काम भइरहेको कापरले बताए। विगत ६ सालदेखि छर्ठ घाट व्यवस्थापन हुँदै आइरहेको रबिन कापर बताउँछन।

यससँगै छठलाई लक्षित गर्दै चोकचोकका व्यापार पनि बढ्दो छ। छठका अवसरमा पूजा सामग्री तथा फलफूलको व्यापार ह्वात्तै बढेको छ।

छठ पर्वमा केराको अत्यधिक प्रयोग हुन्छ। विशेषगरी केरा, नरिवल, उखु, सुन्तला, नेवुवा, बेसार, चामल र गहुँको आँटा तथा गुंडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायत परम्परागत परिकारहरू यस पर्वमा प्रसादका रूपमा चढाइन्छ।

केरा, नरिवल लगायत पूजा सामग्रीको आपूर्ति पूर्वी नेपालको भन्टावारी, त्रिवेणी, इनरुवा र भारदहसँगै भारतको आसाम, पटना, मोकामा, हांजीपुर, पश्चिम बंगाल, ठाकुरगंज तथा वीरपुरलगायत सहरबाट भित्रिने गरेको स्थानीयहरु बताउँछन।

नहाय खाएसँगै सुरु हुने छठ पर्वको दोस्रो दिन ब्रतालुहरू दिनभर उपवास बसी राति गुलियो पुरी, खीर, नुन नहालेको तरकारी खाने गर्दछन्।

जसलाई स्थानीय भाषामा ‘खरना’ भनिन्छ। खरनाको प्रसाद सपरिवार सँगै बसेर खाने चलन छ। खरनापछि निराहार व्रत बस्नेहरूले भोलिपल्ट अस्ताउँदो सूर्य पूजा र पर्सीपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गर्ने प्रचलन रहेको छ।

प्रतिक्रिया





Top