चाडपर्वको बेला समेत सिमावर्ती क्षेत्रका नेपाली बजार सुनसान ।।

मधेशपाटी अनलाइन     २०७९ कार्तिक ११, शुक्रबार २२:३५ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, सर्लाही ।। तराई मधेसका सबैभन्दा ठूलो चाडपर्वको रुपमा रहेका दिपावली तथा छठ पर्वको बेला समेत सिमावर्ती क्षेत्रका नेपाली बजारहरु सुनसान देखिन्छ ।

नेपाली उपभोक्ताहरु किनमेलका लागि भारतीय बजारमा पुग्ने गरेपछि नेपाली व्यवसायीहरु चार्ड पर्वको बेला समेत निराश हुने गरेका छन ।
स्थानिय सर्वसाधारणहरु किनमेलका लागि भारतीय बजारमा निर्भर भएपछि बर्षेनि चाडपर्वको बेला समेत नेपाली बजार सुनसान हुदै आएको छ , भने नेपाली ग्राहकै कारण भारतीय बजारमा भरिभराउ हुने गरेका छन ।

दिपावली, छठ तथा ब्रतबन्धको बेला समेत आम दिन जस्तै बिक्री वितरण हुने गरेको पल्लवी जेनेरल स्टोरका संचालक नागेन्द्र महतोले बताए ।खुल्ला सिमाना र भारतीय बजार नजिक भएका कारण ९० प्रतिशत भन्दा बढी ग्राहक भारतमा जाने गरेका छन । उनले भने । बाँकी रहेका ग्राहक समेत फाटफुट तथा खुद्रा समान किन्न मात्र पसलमा आउने गरेको गुनासो गरे ।

दिपावली, छठ लगायत चाडपर्वको बेला बढी समान बिक्री हुन्छ, भनी हामी आशमा हुन्छौ तर सर्वसाधारणहरु किनमेलका लागि भारतमा पुग्ने गरेका कारण बर्षेनि निराशाको सामना गर्नुपरेको दुखेसो पोखे । अधिकांश नेपाली उपभोक्ताहरु भारतीय बजारमै पुग्ने गरेका कारण उनिहरुको तुलनामा हामीहरुको १ प्रतिशत समेत बिक्री नहुने गरेको उहाँको कथन थियो ।

नेपाल भन्दा भारतमा सस्तो मुल्यमा समान किन्न पाउने भएकाले नेपाली नागरिकहरु भारतीय बजारमा जाने गरेको स्थानिय शंकर महतोले बताउँन। सबै समानहरु भारतबाटै आयत गरिन्छ तर सरकारले लगाएको चर्काे भन्सार शूल्कका कारण नेपालबाट आयातित समानहरु भारतीय बजारको तुलानामा धेरै महग्रों हुने गरेका कारण नेपाली उपभोक्ताहर भारतीय बजार रोज्न बाध्य हुदै आएको बताए ।

तर बलरा नपा निवासी मुना श्रीवास्तवका अनुसार सरकाले चाडपर्वको बेला समेत स्थानिय स्तरमा अतिआवश्यक समानहरुको आपूर्ति सहज रुपमा गर्न नसकेका कारण नेपाली उपभोक्ता भारतीय बजारमा जान बाध्य रहेको बताए । यहाँका स्थानिय नागरिकहरुलाई दैनिक उपभोगका सामग्री किन्नका लागि समेत नजिकमा राम्रो बजार छैन । नेपालमै समान किन्न सदरमुकाम मलंगवा, गोडैता, बरहथवा अथवा रौतहटको गौरमा जानुपर्ने हुन्छ । जुन बलराबाट १० देखि ४० किमि सम्म टाढा रहेका छन ।

सरकारले नेपालमै सबै समानहरुको उचित मूल्यमा सहज आपूर्ति गर्न सके भारतीय बजारमा किनमेलका लागि जाने नेपालीको संख्यामा कमि आउने उहाँका कथन थियो ।सरकारको गलत नितिका कारण नेपाली व्यवसायीहरु मर्कामा परेको उद्योग वाणिज्य सघ, मलंगवा सर्लाहीका अध्यक्ष विरेन्द्र साहले बताए । सरकारले भारतबाट आयातित समानमा लगाएको फरक भन्सार दररेट कारण नेपाली व्यवसायीहरु मर्न बाध्य हुदै आएको छ । उनले भने । धान तथा चामलमा भारत सरकारले नै २० प्रतिशत शूल्क लगाएका कारण ति समानहरु नेपाली व्यसायीहरु आयत गर्न सकिरहेका छैन ।

व्यसायीहरुलाई सटर भाडा, कर्मचारी तलब तथा बैंकको ब्याज समेत तिर्नुपर्छ । खुल्ला सिमाना तथा सरकारको फरक भन्सार दर रेटका कारण नेपाली व्यवसायीहरु मर्नुको साथै घरवारविहिन तथा पलायन हुने स्थितिमा पुगेको गुनासो गरे ।

नेपाली उपभोक्ताकै कारण भारतीय व्यवसायहरु फस्टयाउदै गएको छ । चाडपर्वको बेला समेत किनमेल गर्ने नेपाली नागरिकहरुले गर्दा भारतीय बजारहरु भरिभराउ हुने गरेका छन ।

सिमावर्ती क्षेत्रमा अधिकांश पसलहरु नेपाली नागरिकहरु लक्षित गरेर खोलिएका छन । नेपाली उपभोक्ताको चापकै कारण सिमावर्ती क्षेत्रमा सयौंका संख्याहरुमा थप पसलहरु खोलिएका छन, भने यसबाट हजारौ भारतीय नागरिकहरु रोजगारी पाएका छन ।

नेपाली नागरिकहरु औषधीउपचार, लत्ताकपडा, गरगहना, भाडावर्तन, पूजा तथा काजकिरियाका लागि चाहिने सामग्री लगायत दैनिक उपभोगका अतिआवश्यक सामग्रीका लागि भारतीय बजारमा जाने गरेका छन । सिमा सिल भएर नेपाली उपभोक्ता नपुग्दा ति बजारहरु सुनसान हुने गरेका छन ।

 

 

 

 

 

प्रतिक्रिया





Top