दलित यूवतीसंग बिहे गरेर छोरा छुवाएको भन्दै आफन्तले गराए मुण्डन ।

मधेशपाटी अनलाइन     २०७९ कार्तिक ११, शुक्रबार २२:४४ बजे मा प्रकासित



राधेश्याम कुशवाहा, सर्लाही ।।सर्लाहीको एक जोडिले अन्तरजातिय विवाह गरेपछि परिवार र समाजले बहिष्कार गरेको छ । दलित यूवतीसंग छोरा बिहे गरेर छुवाएको भन्दै आफन्तले यूवकलाई कपाल मुण्डन गराएर गाईको गोबर, मुत्र र बालुवा फाक्न लगाएको छ । यो घटना सर्लाहीको चक्रघटा गाउँपालिका वार्ड न.१ शिवनगरको हो । रामसेवक यादवको २२ वर्षिय छोरा जंगीलाल यादवले एक बर्ष अघि देखि दलित यूवती राधादेवी चमारसंग रहेको प्रेम सम्बन्ध कारण उनिहरुले गएको भदौ १३ गते सर्लाही जिल्ला अदालतमा अन्तरजातीय विवाह गरेका थिए ।
चमारसंग बिहे गरेर कुल छुवाएको भन्दै यूवकको आफन्तले बुढालाई कपाल मुण्डन गराएको पिडित दलित यूवती राधादेवी चमारले बताईन । परिवारले दलित बुढीलाई छोडन दबाब बनाएपछि बुढा पनि सहमत भएको र घरमा प्रवेश गर्न मुण्डन गराउनुपर्ने शर्तमा घर फर्काएको बताईन । आफन्तले बुढाको कपाल मुण्डन गराएर नजिकको नदीमा पूजापाठ गरेर बालुवा फकाएर गाईको गोबर, मुत्र खान लगाएर घरमा पस्न दिएको बताइन ।

दलित यूवतीसंग बिहे गरेपछि छोरा छुवाएको भन्दै केटाको आफन्तले उसलाई कपाल फाल्न लगाएर विभिन्न पूजापाठ विधिबाट पाप मुक्त गराई घरभित्र ल्याएर लुकाएर राखे ।गाउँमै बसेको केही व्यक्तिको पन्चायतले समेत दलित यूवतीसंग विवाह गरेपछि राख्नुपर्ने बताएपछि र केटी पक्षले लुकाएर राखेको केटालाई हाजिर नगरे केटीलाई घरमै बसाईदिने धम्की दिएपछि आफन्तले केटालाई बाहिर ल्याएर केटीको जिम्मा लगाएको छ ।

केटा पक्षले तल्लो जातको केटीसंग विवाह गरेपछि समाजमा नाक काटेको भन्दै घरबाटै निकाला गरिदिएपछि माईतीमै बस्दै आएको थियो । केटाको आफन्तले दुवैलाई ज्यान मारेर फसाइदिने धम्की दिएपछि माईती पक्षले समेत माईतीमै बस्न अस्विकार गर्दै आएको छ ।
परिवारको बहिष्कार र दबाबका कारण केटाले पनि पटक पटक विष खाएर आत्महत्या गर्ने धम्की दिन थालेपछि दलित यूवतीको परिवार ठूलो धर्म संकटमा परेका छन ।कानुनी रुपमै छोरीले विवाह गरेपनि दलित भएकै कारण छोरी समाजिक बहिष्कारमा परी अमानविय जिवन बिताउन बाध्य भएपछि कानुनी राज्य भएको दलित परिवारले महसुस गर्न पाएका छैन ।

यता, दलित बुहारीलाई कुनै पनि शर्तमा आफनो घरमा स्विकार्य गर्नेमा पक्षमा ससुरा पक्ष छैन । तल्लो जातको केटीसंग छोराले बिहे गरेपछि दलित बुहारीलाई ससुराले घर भित्र छिर्न दिएको छैन । पानी नचल्ने जातकी छोरीलाई कुनै पनि हालतमा घरमा स्विकार नहुने ससुरा पक्षले बताउदै आएको छ । दलित बुहरीलाई छोडन केटालाई आमाबुबा लगायत आफन्तले दबाब दिदै आएका छन । अहिले उनिहरु विद्यालय, मठ मन्दिर तथा सार्वजनिक धर्मशालामा रात काटन बाध्य हुदै आएको छ ।

केटा पक्षले तल्लो जातको केटीसँग विवाह गरेपछि समाजमा नाक काटेको भन्दै घरबाटै निकाला गरेपछि उनीहरु अहिले माईतीमै घरमै बस्न बाध्य हुदै आएका थिए । दलित बुहारीलाई छोडने शर्तमा परिवारले केटालाई घरभित्र पस्न दिने सहमत भए ।

छोरीसंग बिहे गरेपछि केटाको आफन्तले सबै परिवारलाई कुटपिट गरेको यूवतीको आमाले गिता देवीले बताईन । दलित भएकै कारण हाम्रो ईज्जत प्रतिष्ठामाथि खेलवाड हुदै आएको छ । रण्डी भन्दै दिनहुँ गाली दिदै आएको छ । दलित भएकै कारण मेरो छोरीसंग अन्याय भएको र छोरी अमानविय जिवन बिताउन बाध्य हुदै आएको गुनासो गरिन ।

छोरीको न्यायका लागि विगत १ बर्षदेखि पागल झै एक्लै भौतारिदै आएपनि न्यायका लागि कुनै पनि प्रहरी प्रशासन, नेता मुखिया अघि नआएको दुखेसो पोखिन ।हामीलाई दिनहुँ कुटपटि सहित छोरीको ज्यान मार्ने धम्की दिदै आएको कारण आफूहरु असुरक्षित महसुस गर्दै आएको दुखेसो पोखिन । हामीलाई ज्यान मार्ने धम्की सहित पटक पटक कुटपिट गर्दै आएको पिडित महिलाको आमाले बताईन । परिवार र समाजका दबाबका केटाले समेत दलित स्विकार्ने पक्षमा अब देखिदैन ।

दलितसंग बिहे गरेकै कारण समाजिक बहिष्कारमा पर्नु निन्दनीय कार्य रहेको दलित अधिकारकर्मी राजेश पासवानले बताए । दलित र गैर दलित बिच अन्तरजातिय बिहे भएका कारण समाजले स्विकार्य गर्न सकेका छैन । उनले भने । दलित नभएको भए परिवारले स्विकार्य गथ्र्याे । दलित केटीसंग बिहे गरेका कारण केटालाई समेत परिवारले घरबाट निकाला गरिदिएका छन । दलित बुहारी भएकै कारण घरमा पस्न नदिनु कानुनी अपराध रहेका कारण घरमा पुनःस्थापना गरी उनिहरुको बाँच्न पाउने अधिकार सुनिश्चिताका लागि माग गरे । दलितमाथि हुने हिंसा, हत्या, अपराध तथा बलत्कार जस्तो गम्भीर प्रकृतिका घटनालाई समेत स्थानिय स्तरमै मिलाउने परिपाटी रहेका छन ।

दलितको मुद्वामा सरकार समेत उदासिन रहेको आरोप लगाउदै राज्य संचालनका ३ वटै निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेत सक्रिय नरहेको टिप्पणी गरे । यो मानव अधिकारको गम्भीर विषय, अन्तराष्ट्रिय मु्द्वा रहेका छन । दलित यूवतीको समानता, स्वतन्त्रता तथा मानवअधिकार संरक्षणको विषय रहेका कारण सम्बन्धित निकायले गम्भीर रुपमा लिनुपर्ने उहाँले माग गरे ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वार्ड न. १ निवासी विरेन्द्र रामकी २३ वर्षिया छोरी राधादेवी चमार र जंगीलाल यादव बिच विगत एक वर्षदेखि प्रेम सम्बन्ध थियो ।सामाजिक रुपमा बहिष्करणमा पर्ने डरले उनीहरुले आफ्नो प्रेमलाई लुकाएरै राखे । परिवारलाई भने छुटाईदिने डर भयो । उनीहरु एक अर्कालाई औधी माया गर्छन् । प्रेम हुर्कँदै गयो । एक अर्काबिना बाँच्न नसक्ने भएपछि उनीहरुले अन्ततः कानूनी विवाह गर्ने निधो गरे ।
कानूनी विवाहका लागि सहयोग गरिदिन उनीहरुले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीमा निवेदन दिए । संघकै सहयोगमा उनीहरुले जिल्ला अदालतबाट विवाहको कानूनी मान्यता पाएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, सर्लाहीले जनाएको छ ।

अन्तरजातीय विवाह गरेका जोडिलाई घर फर्काउन पहल गर्न नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीले सरोकारवालाहरुसँग माग गरेका छन।समाज आधुनिक र शिक्षित हुँदै गएपनी पुरानो कुरीति र कुसंस्कारको मानसिकताबाट बाहिर निस्कन सकेका छैन । दलित भएकै कारण ससुराली पक्षद्वारा घरबाटै निकाला गर्नु खेदजनक रहेको बताउदै नव विवाहित जोडिलाई घरमा फर्काई उनीहरुको मानव अधिकार संरक्षण गरि सम्मानजनक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न सम्बन्धित निकायसंग संघले माग गरे ।

 

ती जोडीले पनि आफूहरु एकअर्काबिना बाँच्नै नसक्ने भएपछि एक वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेको बताएका छन् । उनीहरुले मन मिलेपछि जातपातले छेक्ने रहेनछ तर समाजले हाम्रो प्रेमलाई स्वीकार गर्न सकेन । अहिले २१औं शताब्दीमा पनि जातपातको नाममा कुसंस्कार यथावत रहनु र अन्तरजातीय प्रेम जोडीलाई स्वीकार गर्न नसक्नु अत्यन्तै दुःख रहेको उनीहरुको प्रतिक्रिया छ । उनीहरुले आफूहरुलाई घरपरिवार र समाजसँग मिलेर बस्ने वातावरण मिलाई दिन आग्रह गर्दै आएका छन।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीको सहयोगमा जिल्ला अदालत सर्लाहीमा अन्तरजातिय विवाहका लागि उनीहरुले भदौ १२ गते निवेदन दिएको थियो । निवेदन दिएको भोलिपल्ट नै अदालतले उनीहरुलाई अन्तरजातीय विवाह गरेको प्रमाण पत्र दिएको थियो।

नेपालको संसदले २०६३ जेठ २१ मा नेपालमा औपचारिक रुपमा छुवाछुतमूक्त राष्ट्र घोषणा गरेको १४ र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १३ बर्षपछि दलित समुदायले परिवर्तनको अनुभूति गर्न पाएका छैन ।अहिले पनि दलितहरु जातीय छुवाछुत, विभेद तथा शोषण भोगिरहेका छन् । दलित परिवारमा जन्म भएकै कारण नै मान्छे र मान्छेबीच फरक देख्ने चिन्तन अहिले पनि बलियोसंग जरा गाडेको देखिन्छ ।

 

 

प्रतिक्रिया





Top