जप्रपा नेपालका उम्मेदवार मिश्र र मिर्जा प्रती जनलहर बढदै

मधेशपाटी अनलाइन     २०७९ कार्तिक १५, मंगलवार ०९:३६ बजे मा प्रकासित


 

 

कपिलवस्तु

 

 

प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदकाे निर्वाचनको मिति नजिकिदै जादा कपिलवस्तुमा विभिन्न उम्मेदवारहरुकाे घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन ।

 

साेहि क्रममा कपिलवस्तु क्षेत्र न. ३ प्रतिनिधि सभा सदस्यका जनता प्रगतिशील पार्टी नेपालका उमेदवार ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) तथा ३( ख) का प्रदेश सभा सदस्य उमेदवार मिर्जा राशिद बेगकाे घरदैलो तथा चुनावि अभियान कार्यक्रम तिव्र रुपमा चलिरहेको छ ।

 

पछिल्लोपटक निर्वाचनको मिति नजिकिए संगै विभिन्न दलका उम्मेदवारहरु मतदाताहरुलाइ आफ्नो पक्षमा पार्नका लागि विभिन्न हत्काण्डाहरु अप्नाइरहेकाे अवस्थामा युवा नेता मिर्जा तथा विकास प्रेमी नेता मिश्र प्रती युवा तथा मतदाताहरुले उहालाई ने यसपालिको निर्वाचनमा राेज्ने दाबि गर्दै आएका छन् ।

 

मिश्र झन्डै दुई दशक देखि निस्वार्थ भावले राजनिति गर्दै अएका तथा मिर्जा राशिद प्रती जनताकाे समर्थन

रहेको देखिन्छ । समाजमा हुने कुनै पनि सामाजिक कार्यका लागि दिनरात अफ्नो काम समेत छाेडेर जनताको सेवामा समर्पित नेता मिश्र र मिर्जा राशिद लाई यसपालिकाे चुनावमा जसरि पनि बिजयि बनाउने पार्टी समर्थ सुभचिंतक हरूको भनाइ रहेकाे छ ।

 

समाजमा यस्ता युवा नेताहरुले अझै पनि खाचाे रहेकाे भन्दै स्थानीय मतदाताहरुले यसपालि प्रदेश सभा सदस्यमा मिर्जा राशिद तथा प्रतिनिधि सभा सदस्यमा मिश्र नै बिजयि हुने दाबि समेत गरेका छन ।

 

प्रदेश सभा सदस्य उमेदवार मिर्जा राशिद बेग समाजिक, शैक्षिक लगायत अन्य क्षेत्रमा योगदान दिदै सयौं व्यक्ति लाई रोजगारी समेत दिएका छन् l मिश्र भने युवाहरुकाे राेजगारि , समाजमा देखिएको बेथिति तथम कुरितिलाइ समाप्त पारि बाटाे घाटाे ,नदि नाला ,शिक्षा ,स्वास्थ ,कृषि लगायतका क्षेत्रमा देखिएको समस्याहरुलाइ समाधान गर्दै आएको तथा अगामी दिनमा समेत निरन्तरता दिने बताए l

 

जनता प्रगतिशील पार्टीका उमेदवार मिर्जा तथा मिश्रले

दिनरात जसरि जनताको सेवा लागेका थिए ,त्यसरि नै अहिले चुनावि अभियानमा जनताको विश्वास जित्न लागेका छन ।

प्रतिक्रिया





Top