सबैला(धनुषा)। धनुषाको सबैलामा टेम्पु अनियंत्रित भइ पल्टिएर दुर्घटना भएको छ। नगरपालिकाको वाडा नम्बर ९ भठिहनमा आज टेम्पो आफै अनियन्त्रित भई पल्टिदा बोडिङ स्कुलको प्रीन्सिपलको मृत्यु भएको छ । भठिहन र सहिद नगरपालिका वाडा नं.१ बलाबाखरबाट दर्जनौं विद्यार्थीहरू बोकी नगरपालिका-१० खरियानी तर्फ जाँदै गरेको ज १ ह ३० ७३ नंम्बरको टेम्पो आज बिहान ८:१० बजे दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताए।
दुर्घटनामा टेम्पो सबैला नगरपालिका–१० खरियानीका ४४ वर्षीय रामसेवक पण्डित, अटोमा सवार धनुषाकै शहिदनगर नगरपालिका–१ का सन्तोष यादवकी ५ वर्षीया छोरी अंसुकुमारी यादव र सोही नगरपालिका–१ का दिलिप यादवका ९ बर्षिय छोरा कृष्णा यादव घाइते भएका थिए ।
घाइते तीनै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने क्रममा प्रीन्सिपल पण्डितको बाटोमा नै मृत्यु भएको हो । घाइते २ जना बालबालिकाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
प्रतिक्रिया