धनुषा : अख्तियारको छापा पछि जटहीका प्रमुख चारहजार घुससहित पक्राउ

मधेशपाटी अनलाइन     २०७९ कार्तिक १८, शुक्रबार ०६:२८ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको सिमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ गरेको छ ।

आयोगको टोलीले चौधरीलाई चार हजार रूपैयाँ घुससहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

 

नगराईन नगरपालिका वडा नम्बर २ जटही स्थित विनायक ईन्टर प्राईजेज मदिरा पसलबाट आयोगको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top