नक्कली करारनामा बनाई ४ करोड बढी ठगी गर्ने युवक पक्राउ

मधेशपाटी अनलाइन     २०७९ कार्तिक १८, शुक्रबार ०६:३१ बजे मा प्रकासित


पर्सा । वीरगंजमा नक्कली करारनामा बनाई नगद ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउृ गरेको छ । पर्साको वीरगंज म हानगरपालिका–१७ घर भई सोही महानगरपालिका–१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अुसार नौसद अन्सारी समेतले काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएर घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा उक्त नक्कली करारनामा पेश गरेका थिए । उनकले नक्कली करारनामा पेश गरी हिमालयन होटेल प्रालि नामक कम्पनी दर्ता गरेर उक्त होटलमा लगानी गर्नको लागी भन्दै पटकपटक रकम ठगी गरेको प्रहरीको भनाई छ।

उनलाई वीरगन्ज महानगरपालिका८ प्रतिमाचोकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया





Top