उपत्यकाका १२ हजार प्रहरी उपत्यका बाहिर खटिने

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २०, आईतवार २०:१२ बजे मा प्रकासित


काठमाडौं । आसन्न प्रतिनिभिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरी प्रधान कार्यालय तथा उपत्यकाका अन्य कार्यालयमा कार्यरत १२ हजार एक सय ६१ प्रहरी थप मद्दतका लागि उपत्यका बाहिरका जिल्लामा खटिने भएका छन् ।

उपत्यकाका तीनै जिल्लाका प्रहरी समेत अन्यत्र खटिने भएका छन् । उपत्यकाका जिल्लामा तुलनात्मक रुपमा सुरक्षा चुनौती कम हुने भएकाले यहाँका प्रहरीलाई अन्यत्र खटाउन लागिएको हो । २२ कात्तिकदेखि थप मद्दतका लागि प्रहरी खटाइने प्रहरी प्रवक्ता टेक प्रसाद राईले बताए । ५८ जिल्लाले निर्वाचनमा थप मद्दतका लागि जनशक्ति माग गरेका छन् ।

मतदान केन्द्रमा खटिने प्रहरी र म्यादी प्रहरीले चार दिन खाजा खर्च पाउने भएका छन् । दैनिक तीन सय रुपैयाँ दरले उनीहरुलाई खाजा खर्च दिन अर्थ मन्त्रालयले बजेट उपलब्ध गराएको छ । स्थानीय तहको निर्वाचनमा खाजा खर्च दिइएको थिएन ।निर्वाचनमा खटिने प्रहरीले एक जिल्लाबाट अर्काे जिल्लामा खटिदा १३ दिनको भत्ता पाउँछन् भने जिल्लाभित्र खटिनेलाई सात दिनको भत्ता दिने निर्णय भएको छ । त्यस्तै, तयारी अवस्थामा रहने प्रहरीलाई तीन दिनको भत्ता दिने निर्णय भएको छ ।

प्रतिक्रिया





Top