धनुषा : बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु, ६ जना अवस्था चिन्ताजनक

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २०, आईतवार २०:२० बजे मा प्रकासित


जनकपुरधाम । धनुषामा सवारी दुर्घटनामा एक नवजात शिशुको मृत्यु भएको छ । यस्तै, सोही दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुको नाम र ठेगाना खुल्न नसकेको प्रवक्ता क्षेत्रीले बताए ।

लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

जनकपुरधामबाट ढल्केबर गइरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुको लक्ष्मीनियाँ गाउँपालिका स्थित सेन्ट्रल हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको उपरीक्षक क्षेत्रीले जनाए ।

प्रतिक्रिया





Top