बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नं ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ता पक्राउ परेका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गरेपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा बारा क्षेत्र नं.४ को निर्वाचन अधिकृतको कार्यालय पनि छ ।
निर्वाचन नजिकिदै गरेको समयमा निर्वाचन अधिकृतको कार्यालय भएको कार्यालयमा तालाबन्दी गरेकोले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
प्रतिक्रिया