जनकपुरधाम । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं.१ मा जनमत पार्टीका उम्मेदवार किशोरी साह कमल र नेकपा माओवादीका उम्मेदवार मातृका प्रसाद यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
२०७४ को निर्वाचनमा किशोरी साह कमलको सहयोगमा मातृका यादवले संघमा चुनाव जितेका थिए । साह भने प्रदेश सभामा ठूलो मतान्तरले विजयी भएका थिए ।
यस पटक साह र यादव आमनेसामने परेका छन् ।
यादव सत्ता गठबन्धनमा रहेका छन् । उनले यादव जातिको भोट पाउनका लागि नगर स्तरमा जतीय संगठन पुर्नगठन गरिरहेको सबैला नगरपालिका वडा नं. ४ पठेर्वाका संतोष यादवले जानकारी दिए । संतोष यादवका अनुसार जातीय भोटका आधारमा मातृका यादवले चुनाव जित्ने छन् ।
यता किशोरी साह कमल नेकपा एमालेबाट जनमत पार्टीमा प्रवेश गरेकोले एमालेको सहयोग रहने देखिन्छ । यसैगरी, साहको छबी समाजसेवी रहेकोले उनलाई नेपाली कांग्रेसले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकको छ।
धनुषा निर्वाचन क्षेत्र नं. १ मा नगरप्रमुखहरुले पाएको मतको आधारमा जनमत पार्टीको १० हजारभन्दा बढी मत रहेको छ ।
निर्वाचन अघि जनता समाजवादी पार्टी (जसपा)का धनुषा निर्वाचन क्षेत्र नं. १ (क)बाट सिफारिस भएका उम्मेदवार ब्रहमदेव महतो पनि जसपाको संगठन लिएर जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका छन् ।
यसैगरी, धनुषा क्षेत्र नं.१ को (ख)बाट जसपाको उम्मेदवारमा सिफारिस भएका सुरेन्द्र मण्डल पनि जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका छन् । अर्थात जनमत पार्टीबाट प्रदेशसभाको दुईटै निर्वाचन क्षेत्रमा उठेका उम्मेदवारहरु जसपाबाट आएका हुन् । त्यसकारण जसपाको ५० प्रतिशतभन्दा बढी अर्थात जसपाको ८ हजारभन्दा बढी मत जनमत पार्टीमा जाने हँसपुर नगरपालिकाका जसपाका नेता अशोक मण्डल बताउँछन् ।
माओवादी द्धन्द्धका क्रममा मातृका यादवको समूहले नेपाली कांग्रेसका दर्जनौं नेताहरुको हत्या र लुटपाट गरेकोले कांग्रेसबाट ठूलो संख्यामा मत जनमत पार्टीमा जाने नेपाली कांग्रेसका नेताहरु बताउँछन् ।
किशोरी साह कमल यसअघिको प्रदेश (क) बाट मात्रै १६ हजारभन्दा बढी मत ल्याएकोले उनको व्यक्तिगत मत पनि थपिएर साह विजयी हुने निश्चित रहेको जनमत पार्टीका नेता संजय साहले दाबी गरे ।
धनुषा निर्वाचन क्षेत्र नं. १ मा यादव जातिको जम्मा १३ हजार मत रहेको छ भने गैर मधेशी समुदायको ११ हजार मत रहेको छ । यस क्षेत्रमा पचकुनिया जातीको बहुमत रहेकोले किशोरी साह विजयी हुने निश्चित देखिन्छ ।
प्रतिक्रिया