जालिमले गैरकानुनी रुपले गाउँपालिकाको ३५ लाख खर्च गरेको खुलासा

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २३, बुधबार १८:०६ बजे मा प्रकासित


पर्सा । पर्सा जगरनाथपुर गाउँपालिका अध्यक्ष हुँदा जालिम मियाँ गत पुसमा माओवादी त्यागेर एमाले प्रवेश गरेका थिए । २०७८ पुस ८ मा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीलाई हेलिकप्टर मार्फत जगरनाथपुर मै बोलाई जालिम दलबल सहित एमाले प्रवेश गरेका थिए । आफ्नै पार्टी प्रवेश कार्यक्रममा त्यसबेला गाउँपालिका अध्यक्ष रहेका जालिमले गैरकानुनी रुपले विभिन्न शीर्षकमा गाउँपालिकाको ३५ लाख रुपैयाँ खर्च गरेको पाइएको छ ।

जालिम हाल एमालेबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धामा रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कुनै पनि राजनीतिक कार्यक्रममा गाउँपालिका, नगरपालिका वा महानगरपालिकाको बजेट खर्च गर्न पाईदैन् । तर, गाउँपालिका अध्यक्ष जालिमले त्यसबेलाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको मिलेमतोमा आफ्नै पार्टी प्रवेश कार्यक्रममा ३५ लाख रुपैयाँ खर्च गरेका छन् । गाउँपालिकामा आउने नेपाल सरकार समानिकरण अनुदानको बजेटबाट जालिमले उक्त रकम खर्च गरेका हुन् ।

गाउँपालिकाबाट प्राप्त अभिलेखका पूर्व प्रधानमन्त्री केपी ओलीको भाषण गर्ने स्थलको मर्मत सम्भार तथा व्यवस्थापनमा ५ लाख, गाउँपालिकाको विभिन्न ठाउँमा होडिङ बोर्ड निर्माण तथा लेखन खचर्मा ५ लाख, गाउँपालिकाको कार्यालय देखि बड्का पुल हुँदै पूर्व प्रम केपी ओली ल्यान्ड गर्ने हेलिप्याड सम्मको बाटो मर्मतका लागि ५ लाख, गाउँपालिकामा भवन उद्घाटन, राष्ट्रिय राष्ट्रिय झन्डा निर्माण, मुख्य गेट निर्माणमा ५ लाख, सोहरी सुहुपुर लक्ष्मीपुर पिपरदारी जगरनाथपुर सम्मको बाटो मर्मत सम्भार तथा व्यवस्थापन ५ लाख, सुपौलाीको पिच देखी गाउँपालिकाको पशु बजार हुदै पूर्व प्रम केपी ओली भाषण गर्ने स्टेडियम सम्मको बाटो मर्मत ५ लाख, केपी ओलीको सम्मान कार्यक्रम तथा विविधमा ५ लाख गरी ३५ लाख रुपैयाँ खर्च गरिएको थियो ।

उक्त कार्यक्रममा जलिम उनका भाई मोसालिम लगायत एमाले प्रवेश गरेका थिए । पूर्व सहमति बमोजिम गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जालिम अध्यक्षमा उठेनन् । उनका भाई मोसालिम जगरनाथपुरको अध्यक्षमा उठेका थिए । अनेक भ्रष्टचार प्रकरणका कारण जालिमका भाई मोसालिम कांग्रेसका श्रीकान्त यादवसँग ठूलो मतान्तरले पराजित भएका थिए । संसदको टिकट पाउने सर्तमा एमाले छिरेका जालिम अहिले पर्सा ४ नम्बरमा कांग्रेसका रमेश रिजाल विरुद्ध उम्मेदवारी दिएका छन् ।

कार्यकारी अवसर पाउँदा पदको दुरुपयोग गरि कसरी सरकारी पैसा खर्च गरिन्छ भन्ने तत्कालिन गाउँपालिका अध्यक्ष र हालका एमालेबाट पर्सा ४ का उम्मेदवार जालिम मियाको यो एउटा सानो उदाहरण मात्र हो । तत्कालिन प्रशासकीय अधिकृत राज कुशवाहासँगको मिलेमतोमा जालिमले सडक ढलान बिना भुक्तानी गरेको, छात्राहरुको स्नेटरी प्याड कागजमा खरिद देखाएर भुक्तानी गरेको, गाउँपालिकाको धरौटी खाता निल गरेको लगायत भ्रष्टचार गरेका छन् । उक्त आर्थिक वर्षको राज कुशवाहाले गाउँपालिकाको महालेखा परीक्षकबाट लेखा परीक्षण समेत गराएका छैनन् ।

प्रतिक्रिया





Top