जनकपुरधाम । संघीय शहरी विकास मन्त्री मेटमणि चौधरीलाई आवश्यक कारवाही गर्न मधेशी आयोगले निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।
मन्त्री चौधरीले कार्तिक २१ गतेको प्राइम टाइम टेलिभिजन बाट प्रसारित । मङ्सिर ४ महासंग्रामू कार्यक्रममा मधेशी समुदाय विवेकहीन र चेतना नभएको समुदाय रहेको जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेपछि मधेशी नागरिक समाज र संचारमाध्यमहरुले मधेशी आयोगमा उजुरी दर्ता गराएको छ । सो उजुरी दर्ता भएपछी आयोगका अध्यक्ष डा।विजयकुमार दत्तको निर्देशनमा मधेशी आयोगले निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्री चौधरीलाई आवश्यक कारवाही गर्न अनुरोध गरेको छ । अध्यक्ष डा।दत्तले मधेशी समुदायलाई लक्षित गरी यस्ता विभेदपूर्ण भाषण दिनु प्रति खेद व्यक्त गर्दै यस्ता अभिव्यक्तिहरु प्रति आयोग सचेत रहेको बताएका छन् ।
प्रतिक्रिया