सरकारलाई निर्वाचन निष्पक्ष गराउन डा. सीके राउतको आग्रह

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २३, बुधबार १८:४३ बजे मा प्रकासित


सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आसन्न निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्ने वातावरण बनाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार समेत रहेका उनले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । निर्वाचन धाँधलीपूर्ण हुन नदिन आफूहरू क्रियाशील हुने उनको भनाइ छ ।

प्रहरी, प्रशासनले आफ्ना पार्टीका कार्यकर्तालाई फरक तरिकाले एकपक्षीय व्यवहार गर्दै आएको आरोप समेत उनले लगाएका छन् ।

प्रतिक्रिया





Top