प्रधानमन्त्री कप : फाइनलमा प्रवेशका लागि एपीएफ र मधेस प्रदेश भिड्दै

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २४, बिहीबार ०९:३७ बजे मा प्रकासित


काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल मधेस प्रदेशसँग खेल्दैछ ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

 

एपीएफ क्लब समूह ‘ए’ को विजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो ।

मधेस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

प्रतिक्रिया





Top