ब्याजदर घटाउन माग गर्दै जनकपुरधामका व्यवसायीहरु सडकमा

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २४, बिहीबार १८:४० बजे मा प्रकासित


जनकपुरधाम । बैंक तथा बितीय संस्थाहरुले दिनप्रतिदिन ऋणको ब्याजदर वृद्धिविरुद्ध जनकपुरधामका व्यवसायीहरु सडकमा उत्रेका छन् । ब्याजदरको मारमा परेको भन्दै जनकपुर उद्योग बाणिज्य संघको नेतृत्वमा व्यवसायीहरु सडकमा उत्रेका हुन् ।

बैंक तथा वित्तीय समस्या समाधानको माग गर्दै व्यवसायीहरुले बिहीबार बिहान जनकपुरधाममा शान्तिपूर्ण विरोध र्याली प्रदशर्न गरेका छन् ।

सम्बन्धित निकायामा उनीहरुले ज्ञापन पत्र समेत बुझाएका छन् । माग पुरा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत व्यवापारीहरुले दिएका छन् ।

प्रतिक्रिया





Top