मादक पदार्थ बिक्रीमा जिल्ला प्रशासन कार्यालय धनुषाले लगायो रोक

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २५, शुक्रबार १८:३२ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले मादक पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवन कार्यलाई निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक अनुज भण्डारीले शुक्रबार सूचना जारी गर्दै मादक पदार्थ बिक्री, वितरण, ओसार पसार र सेवन निषेध गरिएको जनाएका छन् ।

मंसिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मादक पदार्थको बिक्री र सेवनलाई निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जनाएका छन् ।

 

कात्तिक २५ देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मको लागि जिल्लाभर मादक पदार्थको बिक्री, ढुवानी तथा सेवन कार्य निषेध गरिएको हो । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट मादक पदार्थको बिक्री, ओसारपसार र सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी गराएका छन् ।

प्रतिक्रिया





Top