धनुषा १ मा माओवादी र एमालेका दर्जनौं नेता कार्यकर्ताहरु जनमतमा प्रवेश

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २५, शुक्रबार १९:३७ बजे मा प्रकासित



जनकपुरधाम । धनुषा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार किशोरी साह कमललाई जिताउनको लागि नेकपा माओवादी र एमालेका दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न।

शुक्रबार सबैला नगरपालिका वडा नम्बर १० स्थित खरिहानी र गेरुवाहीमा घरदैलोको क्रममा नेकपा एमाले र माओवादीका दर्जनौं नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

प्रवेश गर्नेमा नेकपा एमाले र माओवादीका नेता रामदयाल यादव,प्रमोद यादव,निरज यादव सुरेन्द्र राय र रामएकवाल यादवसहित दर्जनौं नेताकार्यकर्ताहरुलाई उम्मेदवार कमलले जनमत पार्टीमा भित्रिएको छ ।

नवप्रवेशीहरुलाई जनमत पार्टीकी केन्द्रिय सचीव अनिता साह र यसै क्षेत्रका प्रतिनिधि सभा सदस्यको उम्मेदवार किशोरी साह कमलले संयुक्त रुपमा फुलमाला लगाएर पार्टीमा स्वागत गरिएको छ। उम्मेदवार साहप्रती दिनप्रतिदिन क्रेज बढिरहेको छ।

प्रतिक्रिया





Top