मधेसपाटी डेस्क, महोत्तरी। महोत्तरीको औरही निवासी नेहा चौधरीलाई दाइजोको निहुँमा उनको परिवारका सदस्यले दिएको यातनाबारे छानविन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ।
दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन आग्रहसहित मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो।
आयोगले उजुरी प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै त्यसबारे छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कारवाही प्रक्रिया अगाडि बढाउन भनेको हो।
आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले तराई-मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको जनाएका छन्।
उनले आयोगमा विभिन्न उजुरी आउने गरेको बताउँदै ती समस्याप्रति आयोग गम्भीर रहेको बताएका छन्।
अध्यक्ष डा. दत्तले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभएसम्म यस्ता समस्याले समाजमा कयौँ चेलीबेटी यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेको बताएका छन्।
करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएका डा. पंकज चौधरीसँग विवाह गरेकी नेहालाई दाइजोको नाममा श्रीमान् र उनका आमाबुवाले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको छ।
प्रतिक्रिया