सर्लाही ।। नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य एवं नेपाल सरकारका पूर्व पशुपंक्षि विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठले आफुलाई बदनामको प्रयास गर्नेलाई कावाहीको माग गरेको छ । शुक्रवार नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ समितिले पूर्व आमन्त्रित केन्द्रिय सदस्य श्रेष्ठलाई पुुःन कारवाहीको लागि सिफारिस गरेको पत्रलाई खण्डन गर्दै नेता श्रेष्ठले आफुलाई बदनाम गर्ने हिसाबले अनरगल आरोप मात्र लगाएको हुदाँ दोषि उपर कार्वाही गर्न नेपाली कांगे्रस जिल्ला कार्य समितिलाई पत्र समेत लेखेका हुन ।
क्षेत्रिय सभापती हरी बहादुर लुङ्गेलीले २÷४ जना अन्तरघाती व्यक्तिहरुको उक्साहटमा लागी आफूलाई बदनाम गराउने प्रयास गरेको हुदाँ सम्बन्धित निकायलाई कार्वाहीको लागि पत्र लेखेको पूर्व राज्यमन्त्री श्रेष्ठले बताए । उहाँले आफूलाई बदनाम, मान सम्मान तथा प्रतिष्ठामा चोट पुर्याउने नियतले पटक पटक जिल्ला कार्य समितिलाई सम्बोधन हुने गरी कार्वाहीको पत्र लेखेको हुदाँ दोषी उपर छानबिन गरी कार्यवाही अगाडी बढाई दिन माग गरे ।
मलाई केन्द्रिय सभापती बाट समानुपातिक तर्फ मत माग्न प्रचार प्रसार गर्न निर्देशन र केन्द्रिय प्रचार प्रसार विभाग संयोजकबाट समग्र मधेश प्रदेस तर्फ लाग्न फोनबाट समेत निर्देशन प्राप्त भएको अवस्थामा यस्तो अफवाह फैलाउनु दुःखद रहेको उहाँको कथन थियो । सर्लाही निर्बाचन क्षेत्र नं. १ बाट सिफारीस भएको समानुपातिक उमेदवारद्घय सर्मिला थापा र लक्ष्मी गोलेलाई म डेंगुबाट सन्चो भएदेखिनै पटक–पटक सम्बन्धित क्षेत्रको बैठक राख्न आग्रह गरेको छु, उहाँले थपे ।
गत यही कार्तिक २३ गते प्रस्तावित निज उमेदवारहरुले ईश्वरपुर नगरपालिका वडा नं १३ र १४ पुर्व तर्फबाट सामानुपातिक प्रचार प्रसार थालनी गर्न तयारी गरीसकेको अबस्थामा राती करीव ९÷१० बजे प्रदेस क्षेत्र (क), (ख) र क्षेत्रिय सभापती समेतको संयुक्त दस्तखत गरी निर्देशनात्मक आदेस सामाजिक संजालबाट जारी गरी र फोनबाट समेत सम्बन्धित वडा सभापती लगायत अन्य कार्यकर्ताहरुलाई क्षेत्रिय सभापती हरी बहादुर लुङ्गेली र प्रमोद बरालद्घारा कुनै हालतमा सामानुपातिकको प्रचार प्रसार नगर्न र नगराउन दबाब दिएको विषय पनि स्पष्ट भएको नेता श्रेष्ठले दाबी गरे ।
क्षेत्रिय सभापती हरी बहादुर लुङ्गगेलीले कार्तिक ३० गते का दिन निकालेका बिज्ञप्तिको अधार र तथ्यहिन भएकाले केन्द्रको निर्णयलाई कार्यन्वन गर्न रोक लगाउने क्षमता विहिनि क्षेत्रिय सभापतीलाई तुरुन्त कार्वाहीका लागि उहाँले जोडदार माग गरेका हुन ।
उहाँले जारी गरेको प्रेस विज्ञप्ती अनुसार नेपाली काँग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नं. १ सर्लाहीले आसन्न प्रतिनिधि सभा, प्रदेस सभा प्रत्यक्ष तथा समानुपातिक निर्वाचनको सन्दर्भमा आयोजित बृहत भेला लालबन्दी न पा वडा नं. ७ स्थित लालबन्दी पार्टी प्यालेसमा आयोजना भएको सुचना बिभिन्न समाजिक संजाल मार्फत प्रचार प्रसार भएको र सो सुचना अनुसार क्षेत्रभरिका नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि, वडा, पालिका,प्रदेस (क),(ख) र क्षेत्र भरीका पार्टीका बिभिन्न तह र तप्कामा रहनु भएका पदाधिकारी तथा निर्वाचित जनप्रतिनिधहरुलाई अनिवार्य उपस्थितिका लागी मिति २०७९÷०७÷२९ गते प्रसारीत सुचनालाई आधार मानी नेपाली काँग्रेसप्रति आस्थावान लगभग १५०० जनाको हाराहारीमा उपस्थित साथीहरुको बृहत भेलामा भएको थियो ।
क्षेत्रिय सभापतीले कार्यक्रम संचालन गर्दा कार्यक्रम संचालनको आधारभुत प्रकया समेतलाई पालना नगरी एकाँकी र गुटगत तरीकाबाट आसन ग्रहण र मनतब्यमा पुर्वाग्रह राखी कार्यक्रम संचालन गर्दे गर्दाको क्रममा सत्तारुढ गठबन्धन दलका मिति २०७९÷०७÷११ मा प्रकासित प्रेस विज्ञप्तीको सुचि अनुसार सर्लाही निर्वाचन क्षेत्र नं. १ को प्रदेस (क) मा राम चन्द्र सिंह कुशवाहा नेकपा माओवादी केन्द्रका तर्फबाट आधिकारीक गठबन्धनका उमेदवार र उपेन्द्र महतो लोकतान्त्रिक समाजवादी पार्टी मित्रवत रहेको सो बिज्ञप्तीबाट प्रस्ट भएको कुरा आम नागरिकलाई ज्ञात भएको हो ।
सो बिज्ञप्ती सत्तारुढ गठबन्धन दलका निर्णयको धज्जी उडाउदै आधिकारीक उमेदवार राम चन्द्र सिंहको सट्टा उपेन्द्र महतोबाट कार्यक्रममा अर्को प्रतिस्पर्धी गठबन्धन भित्रका उमेदवारलाई तथा नाम शब्दमा बिरोधाभासपुर्ण अभिव्यक्ति दिन लगाई नेपाली काँग्रेसका बफादार कार्यकर्ता तथा गठबन्धनमा रहेका दलका नेता तथा साथीहरुको गम्भीर ध्यानकर्षण भएको छ भन्ने अर्को तिर म स्यमंलाई नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री आदरणिय शेरबहादुर देउवा ज्यूले मिति २०७९ कार्तिक १४ को प्रेसित पत्र अनुसार सर्लाही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ र प्रदेस सभा निर्वाचन क्षेत्र .(खं) मा केन्द्रिय प्रतिनिधिको बिशेष जिम्मेवारी प्रदान गरीएको हुदाँ सो जिम्मेवारी पुरा गर्ने सिलसिलामा क्षेत्रिय कार्यक्रममा उपीस्थत भएका थिए ।
तर कार्यक्रम समापन गर्नतिर लागीसक्दा समेत आफुले आफ्नो जिम्मेवारी अनुसारको कार्य गर्नबाट रोक्न, कार्यक्रममा बिचार राख्न नदिनु जस्ता कार्य गरेको देखेर आम नेता साथीहरुले बिरोध गरी लोकतन्त्रमा एउटा जिबन्त पार्टीमा वाक स्वतन्त्रतामा रोक लगाउने र नेपाली काँग्रेसका बिचार तथा सिदान्तलाई धजि उडाउने कार्य गरेको प्रति मेरो घोर आपत्ती रहेको उहाँको कथन थियो ।
प्रतिक्रिया