धनुषा : फरक-फरक ठाउँमा मतगणना, माइकिङ गरेर परिणाम सार्वजनिक गरिने

न्यूज डेस्क     २०७९ मंसिर ५, सोमबार ०६:१० बजे मा प्रकासित


धनुषा। धनुषाका चार वटै निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक चार ठाउँमा हुने भएको छ । निर्वाचन क्षेत्र नम्बर–१ को धनुषाधाममा, क्षेत्र नम्बर–२ को औरहीमा, क्षेत्र नम्बर–३ को जनकपुरधाममा र क्षेत्र नम्बर–४ को महेन्द्रनगरमा मतगणना हुने धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताउनुभयाे ।

उहाँले सबै मतगणना स्थलहरूमा सुरक्षाका लागि तारजाली र सीसीटीभी क्यामरा जडान गरिएको बताउनुभयाे । यस्तै, मतगणनाको लट–लटको परिणाम सार्वजनिक गर्नका लागि माइक तथा स्पिकर पनि राखिएको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया





Top