मधेशमा सीके राउतको पार्टीले पहिलो जित सुरूवात

न्यूज डेस्क     २०७९ मंसिर ६, मंगलवार १३:१४ बजे मा प्रकासित


जनकपुरधाम । सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंह विजयी भएका छन् ।

 

सुरूदेखि नै अग्रता कायम राखेका सिंहले १४ हजार ३२२ मत पाएका छन् । उनलाई पछ्याइरहेका जसपाका शैलेन्द्र साह ६ हजार ७४९ मतले पछ्याइरहेका छन् ।

यहाँ कुल ३४ हजार ६७८ मत खसेको थियो । अब करिब ६ हजार मतमात्र गन्न बाँकी छ । सिंह प्रतिस्पर्धी साहभन्दा ७ हजार ५७३ मतले अगाडि देखिएकाले जित्ने निश्चित छ ।

पराजित हुने अवस्थामा पुगेका साह मधेश प्रदेशका अर्थमन्त्री हुन् । उनी यही क्षेत्रबाट ०७४ मा विजयी भएका थिए ।

प्रतिक्रिया





Top