लहान । सिराहाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर – ४ सिमरहा भन्ने टोलमा प्रहरी र स्थानीय बिच झडप हुँदा आधा दर्जन प्रहरी , म्यादी प्रहरी , गाउँले घाइते भएका छन ।
धेरै दिनदेखि गाउँमा जंगली सुगर पसेर राति बालीनाली लगायत जनधनको क्षति गरेकोमा सुगर मारिएको विषयमा प्रहरीले खवर पाएपछि सोधपुछका लागि गएको आज दिउँसो १ बजे झडप भएको थियोे । यो सँगै प्रहरीले स्थानीय महिलाहरुलाई पिटदै गरेकोमा प्रहरी र स्थानीय दुवै पक्ष झडप भएको थियोे ।
झडपमा परि प्रहरी अ.स.ई लगायत म्यादी प्रहरी गरि ४ जनाभन्दा बढी घाइते भएका छन।
घाइते प्रहरीहरुको सखुवान्नकारकटीस्थित खैरबोना चौकको जेम्स पब्लिक हस्पिटलमा उपचार भईरहेको एक स्थानीय युवक , प्रहरीले समेत बताएका छन।
घाइतेहरुको सामान्य भन्दापनि राम्रै टाउको , हात खुट्टामा चोटपटक लागेको हो ।
प्रतिक्रिया