सर्लाहीको क्षेत्र न.४ (क) मा नेपाली काँग्रेसका उम्मेदवार विरेन्द्र सिंह पुन:विजयी

मधेशपाटी अनलाइन     २०७९ मंसिर ८, बिहीबार ०४:४० बजे मा प्रकासित


सर्लाही ,८ मंसिर । सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार बिरेन्द्र प्रसाद सिंह पुनः विजयी हुनु भएको छ ।

आज बिहान प्रदेश सभा (क) को सम्पन्न मतगणना अनुसार सिंह १५६९३ मत ल्याएर विजयी भएका छन । सिंहको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु रायले १४६१६ मत प्राप्त गर्नुभएको छ ।

सिंहले रायलाई पराजित गर्दै पुनः मधेस प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ। यसैगरी जनमत पार्टीका उम्मेदवार प्रमोद कुमार रायले १०७७मत मात्र प्राप्त गर्नुभयो ।

प्रतिक्रिया





Top