मधेसपाटी डेस्क, सिरहा। मधेश सरकार कृषि मन्त्री विजय कुमार यादवलाई हराउँदै जनमत पार्टीका सँजय कुमार यादव निर्वाचित भएका छन् ।
सिरहा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारी दिएका सँजय कुमार यादवले शुक्रबार बिहान ६ बजेसम्मको अन्तिम मतपरिणाम अनुसार १२ हजार १ सय ७१ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी जसपाका नेता विजय कुमार यादव ११ हजार ५ सय २७ मत प्राप्त गरेका छन् ।
यस्तै माओवादीका जीवछ यादव १० हजार ६ सय ५६ मत प्राप्त गरेका छन् । जनमतका सँजय कुमार यादव ६४४ मतान्तरले निर्वाचित भएका छन् । यद्यपी, अहिले औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
जनमत पार्टीमा ३१ बर्षिय सँजय कुमार यादवको योग्दानलाई कदर गरिएको बताईएको छ । पार्टीमा निरन्तर लगानी गर्ने नेतृत्वमध्ये सँजय कुमार यादवको नाम प्राथमिकता राखिएको पार्टी श्रोतले जनाएको छ ।
ग्राउण्डबाट प्रथम पटकमै चुनाव लडेका सँजयले मधेश सरकारका मन्त्री जस्ता हस्तीलाई हराउन सक्नु उनको लागि यात्रा कठिन भएपनि मतदाताले सहज बनाइदिएका हुन् ।
प्रतिक्रिया