धनुषा: हुलाकी सडकमा ७ दिने सूचना, शिघ्र खाली गरौं’

मधेशपाटी अनलाइन     २०७९ मंसिर ११, आईतवार २१:३७ बजे मा प्रकासित


मधेसपाटी डेस्क, जनकपुरधाम।  हुलाकी राजमार्ग (हुलाकी सडक) लाई खाली गर्न आम सर्वसाधारणलाई ७ दिने सूचना प्रकाशित गरिएको छ ।

धनुषाको बिरेन्द्रबजार-यदुकुहा-महिनाथ्पुर  हुलाकी सडक अन्तर्गत सबैला नगरपालिका वाडा नम्बर ९ मा पर्ने  सडकमा थुपारिएको सरसमान, निर्माण वस्तु लगायत सामग्रीहरुलाई खाली गर्न सात दिने सूचना निकालिएको हो ।

हुलाकी सडकमा जथाभावी निर्माण समाग्रीहरु राखिएको कारण सवारी दुर्घटना बढेको भन्दै सडक पुरै खाली गर्न सूचना जारी गरिएको हो ।

मंसिर ११ गते निकालिएको सूचनामा एक हप्ताको भित्रमा सडकहरु पूर्ण रुपमा खाली गर्न

वार्ड अध्यक्ष मनिष कुमार रायले अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया





Top