स्रोत नखुलेको १२ लाख नगदसहित दुई यादव पक्राउ

मधेशपाटी अनलाइन     २०७९ मंसिर १५, बिहीबार १०:३१ बजे मा प्रकासित


रौतहट । मधेश प्रदेशको रौतहटबाट स्रोत नखुलेको लाखौं नगदसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका ४ सग्रामपुरका २९ वर्षीय राजुकुमार यादव र ३३ वर्षीय राजेश कुमार यादव रहेका छन् ।

 

सशस्त्र प्रहरी ११ नम्बर हेक्वा हजमिनिया गौर बाट इन्स्पेक्टर शंकर थापाको कमान्डमा गएको टोलीले गौर स्थित बरहवा पुल छेउमा चेकजाँचको क्रममा दुबैजनालाई स्रोत नखुेको १२ लाख ६४ हजार ८ सय रकमसहित नियन्त्रणमा लिएको हो ।

उनीहरुले प्रयोग गरेको प्रदेश ३९०२९०१३ प ४९५६ नम्बरको मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी रौतहटका प्रमुख ध्रुव कार्कीले जानकारी दिए ।

प्रतिक्रिया





Top