धनुषा क्षेत्र १ को (क) मा मतगणनामा धान्धली भएको आरोप

मधेशपाटी अनलाइन     २०७९ मंसिर १५, बिहीबार १०:३६ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नंं १ को (क) को मत परिणाम विवादित बनेको छ ।

नेकपा एमाले–जसपा गठबन्धनबाट जसपाका उम्मेदवार रहेका सुकेश्वर यादवले मतगणनामा धान्धली भएको आरोप लगाएका छन् ।

 

६ मतले पराजित भएका यादव पत्रकार सम्मेलनको आयोजना गर्दै एउटा मतदान केन्द्रमा मुचुल्का भन्दा ६० मत बढेको भन्दै पुनः मतगणनाको माग गरेका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा निवेदन दिइसकेको र अब कानूनी बाटो समेत रोज्ने उनले बताए ।

 

पाँच दलीय गठबन्धनका माओवादीका नेता मातृका यादव र नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुङ्गानाको दवावमा होहल्ला गराई संजय कुमार महतोलाई निर्वाचित भएको घोषणा गराएको आरोप लगाए ।

यादवले पुनः मतगणना हुँदा आउने परिणामलाई आफूले स्वीकार गर्ने बताए ।

प्रतिक्रिया





Top