विमलेन्द्रले सीके राउतलाई लिएर पुगे देउवासंग भेटाउन, सरकारमा सहभागी हुन सहमति जुटाए

मधेशपाटी अनलाइन     २०७९ मंसिर १५, बिहीबार १८:३७ बजे मा प्रकासित


जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमका पुगेका थिए ।

त्यस क्रममा सकारात्मक र परिणाममुखी वार्ता भएको निधिले ट्विटरमा लेखेका छन् । ‘ गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’ उनले भने ।

यसअघि निधिले बुधबार पनि जनमत पार्टीका अध्यक्ष राउतसँग भेट गरेका थिए । यसपटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत नै निर्वाचित भएका छन् भने समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ ।

प्रतिक्रिया





Top