जनकपुरधाम । काठमाडौँका मेयर बालेन्द्र साह(बालेन)लाई मधेशी,धोती भन्दै अपमानजनाक शब्दहरु प्रयोग गरि गाली गरेको भन्दै भकेशी आयोगले कारवाहिको लागी कागजी प्रक्रिया अगाडी बढाएको छ ।समाजिक संजालमा आफुलाई सुकुम्बासि भन्दै एक पुरुष र एक बृद्ध महिलाले बालेनलाई मदिसे ,धोती भन्दै समुदायिक गाली गलौज गरेको भन्दै आयोगले सम्बन्धित निकायलाई कारवाहिको लागी पत्राचार गरेको हो ।
मधेशी समुदायलाई लक्षित गरि अपमानजनक शब्द प्रयोग गरेको भिडियोहरु समाजिक संजालमा भाईरल बनेपछि आयोगका अध्यक्ष प्रा.डा.बिजय कुमार दतले सो भिडियोको छानबिन गरि कार्यवाहि प्रक्रिया अगाडी बढाउन गृहमन्त्रालयलाई पत्राचार गरेको हो ।
मधेशी समुदायका अगुवाहरुले आयोगमा दिएको उजुरीका अधारमा आवश्यक कारवाहिको प्रक्रिया अगाडी बढाएको छ । सम्पुर्ण मधेशी समुदायलाई अपमानित र समाजिक सदभाव तथा राष्ट्रिय एकतामा खलल पार्ने कार्य गरेको ब्यतिmलाई चाडोँ भन्दा चाडोँ कडा कार्यवाहिको माग गरेका छन ।
काठमाडौँ महानगरपालिकाले सुकुम्बासि बस्तीलाई खाली गराउने कुराको बिरोधमा उत्रिकाले केहि ब्यतिmहरुले मेयर बालेन साह र मधेशी समुदायलाई धोती जस्ता होच्याउने र अपमानजनक शब्द प्रयोग भिडियो अहिले समाजिक सन्जालमा निकै भाईरल बनेको छ ।
आयोगका अध्यक्ष डा.दतले आयोगले नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरि कार्यवाहि गर्न पत्रचारगरको बताएका छन ।
प्रतिक्रिया